काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव आग्रह गर्नुभएको छ ।
घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा अपेक्षाकृत नआएपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामासमेत माग गरिरहेका बेला महासचिव पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई प्रहार गर्ने कामलाई बन्द गर्न आग्रह गर्नुभएको हो । ।
पोखरेलले मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार राख्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारीपूर्वक लाग्नु उपयुक्त हुने कुरा सामाजिक सञ्जालमा लेख्नु भएको छ । ।
महासचिव पोखरेलले लेख्नुभएको छ, ‘नेकपा एमालेको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा ९एमाले० भित्रबाटै सम्भव छ ।’
प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १२ : ४४ बजे
प्रतिक्रिया