मन्थली विमानस्थलमा पानी पस्यो

विश्व बैङ्कले युक्रेनलाई थप १ दशमलव ५ अर्ब डलर सहयोग दिने 

किभ । विश्व बैङ्कले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलव ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैङ्कको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।  

२४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय सङ्कट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरू ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध भइरहेको छ । 

नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैङ्कले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ । 

“जारी युद्धका समयमा विश्व बैङ्कले युक्रेन र यहाँका मानिसका लागि निरन्तर सहयोग गरेको छ ”, बैङ्कका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भन्नुभएको छ । एजेन्सी

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ५२ बजे