श्रममन्त्रालयको नाम  बेरोजगार मन्त्रालय राख्न सांसद्को माग

काठमाडौं । सांसद दुर्गा पौडेलले श्रम तथा रोजगार मन्त्रालयको नाम परिवर्तन गरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गनुृभएको छ । 
मंगलबार संघीय संसदको प्रतिनिधि सभामा खर्च कटौती प्रस्तावमाथि छलफललमा भाग लिँदै सांसद पौडेलले रोजगार मन्त्रालयले बेरोजगार मात्र उत्पादन गरेको भन्दै मन्त्रालयको नाम फेरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गर्नुभएको हो । 
उहाँले भन्नुभयो,‘‘युवालाई तालिम दिएर विकासमा सहभागी गराउनु पर्ने हो । श्रम तथा रोजगार मन्त्रालयले रोजगारी दिनुपर्नेमा बेरोजगार भएर नेपाली नागरिकहरु विदेश पलायन भइरहेका छन् ।’

सरकारको कारण  युवाहरु जोखिम मोलेर विदेशीन बाध्य भएको उहाँले बताउनुभयो  । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ३ : १८ बजे