आज वर्षाको सम्भावना

लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ ।  

विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उहाँले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । 

‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ’, उहाँले संसद् बैठकमा भन्नुभयो,  ‘७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ । संविधान संशोधन गरौँ । सांसदलाई हटाइदिऔँ । त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो’, कर्णले आक्रोशित हुँदै भन्नुभयो । 

उहाँले सांसदहरूलाई सरकारले कालीदास बनाउने प्रयास गरेको पनि आरोप लगाउनुभयो । 

बजेट बनाउनु पहिले सांसदहरूसँग छलफल नगर्ने अनि एकै बजेट प्रस्तुत भएपछि छलफल गर्नुपर्ने स्थितिप्रति सङ्केत गर्दै त्यसो भन्नुभएको हो । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ३ : १४ बजे