सरकारको एम्बोस्ड नम्बर लाद्ने काम गैरजिम्मेवार : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकारले सवारीसाधनमा जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाउनुभएको छ । संसारका विभिन्न देशले कालो सूची राखेको कम्पनीलाई एम्बोस्ड नम्बर राख्न ठेक्का दिनु अर्को शंकास्पद रहेको उहाँले बताउनुभयो । 

संसदमा आज भएको विनियोजन विद्येयकमाथिको छलफलका क्रममा उहाँले एम्बोस्ड नम्बर प्लेटले नेपालको संविधानमा भएको व्यवस्थाको पनि उल्लंघन गरेको बताउनुभयो । नम्बर प्लेटमा देवनागरी अंक र अक्षर नराखी अंग्रेजी अक्षर राख्ने गरेको र निकै कम्जोर समेत रहेको उहाँको भनाइ छ । पछिल्लो एक वर्षमा चार हजार सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट राखेकोमा १५ सय फुटेको उहाँले बताउनुभयो । 

यस्तै, उहाँले यस वर्षको बजेट विनियोजन एकदमै अव्यवहारिक र एकपक्षीय रहेको बताउनुभयो । नेता तथा पहुचवलाहरुको क्षेत्रमा सडक निर्माण, सुरुङ निर्माण एकै ठाउँमा थुपारिएको तर अन्य क्षेत्रमा बजेट नै भएको  बताउनुभयो ।

सोही अवसरमा उहाँले बाराको निजगढमा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको बताउनुभयो । यदि यहाँ सरकारले विमानस्थल नबनाउने हो भने यसअघि ३० वर्षदेखि गरिदै आएको लगानी खेर जाने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  २ : २९ बजे