गृहमन्त्रीलाई एमाले सांसदको प्रश्न : कसैको आदेशविना गोली चलाउने प्रहरी छाडा हो ? 

काठमाडौ । बाँके, बर्दिया, अछामलगायतका जिल्लामा भएका घटना सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले संसदमा दिएको जवाफप्रति एमाले सांसदहरुले चर्को असन्तुष्टि जनाउँनुभएको छ । 

सभामुख अग्नि सापकोटाको रुलिङपछि गृहमन्त्री खाणले प्रतिनिधि सभाको मंगलवारको बैठकमा बर्दिया घटनामा गोली चलाउन आदेश नदिएको अभिव्यक्ती दिएसँगै एमाले सांसदहरुलदे कसैको आदेश बिना गोली चलाउने प्रहरीहरु के छाडा हुन् भनेर प्रश्न गर्नुभएको हो । 

‘गृहमन्त्रीले आदेश दिएको होइन भन्नुभयो, सीडीओ, एसपीले आदेश नदिई गोली चलाउने प्रहरी छाडा हो ?,’ सांसद विमला विकले प्रश्न गर्नुभयो । 

एमालेकासंसाद घनश्याम खतिवडाले कसैको आदेशविना यसरी गोली चलेर भएका गैरन्यायिक हत्या सम्बन्धमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्न्भयो  । 

सांसद शेरबहादुर तामाङले बर्दिया घटनाको सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।  तामाङले वन्यजन्तु संरक्षणको नाममा नागरिकलाई गोली ठोक्न पाइन्छ ? भन्दै प्रश्न गर्नुभयो । 

सांसद गंगा चौधरी सत्गौवाले थारु गाउँमा लाठीभन्दा गोली किन चल्छ भनेर प्रश्न गर्र्नुभयो । 

सांसद खगराज अधिकारीले गोली चलाउने आदेश नहुँदा नहुँदै गोली चलाउने आदेश नै नभएको भए गषेली चलाउनेलाई कार्वाही गरियो गरिएन भनी प्रश्न गर्नुभयो । 

बर्दियाको मधुवन नगरपालिकामा सोमवार खेतमा काम गरिरहेको अवस्थामा ४१ वर्षीय अस्मिता थारुलाई चितुवाले आक्रमण गरेपछि स्थानीयले राजमार्गमा गरेको विरोध गरेका थिए सोही विरोधका क्रममा प्रहरीले गोली चलाउँदा २० वर्षिया नविना थारूको मृत्यु भएको थियो । संसदमा घटनाको ब्यापक विरोध भएसँगै र्गहमन्त्री खाँडले गोली चलाउने आदेश नदिएको भन्दै सरकारको बचाउ गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  २ : २५ बजे