दोलखामा २८ वर्षीय पुरुष मृतावस्थामा फेला

चरीकोट। दोलखाको भीमेश्वर नगरपालिका–२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो । 

मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन तामाङको शव आज बिहान नजिकैको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ । मृतक तामाङको अनुहार तथा शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनास्थलमा प्रहरीको टोली पुगी स्थलगत अध्ययन गरेको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो । मृतको शव हाल चरीकोटस्थित पशुपति स्मिृत अस्पतालमा राखिएको छ । 
 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  २ : ०५ बजे