मन्थली विमानस्थलमा पानी पस्यो

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने बागलुङ जिल्लाको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले बागलुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २।५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिरहेको छ । 

लगानीकर्ताले प्रभु बैङ्कको ताराखोला तथा गलकोट शाखा, ग्लोबल आईएई बैङ्कको गलकोट शाखा, कामना सेवा विकास बैङ्कको गलकोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौँबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । 

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : ५५ बजे