प्रतिनिधिसभा अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

सभामुख अग्नि सापकोटाले बिहान साढे १०ः०० बजे परामर्श समितिको बैठक बोलाउनुभएको हो। त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ ।

प्रतिनिधिसभा आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ८ : २१ बजे