‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ उपत्यकाको फोहोर आजबाट उठाइने

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर आज आजबाट उठाइने भएको छ । 

सिसडोल र बन्चरे डाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौँ उपत्यकाको फोहोर उठाइने भएको हो । 

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरे डाँडा लैजान दिने सहमति जुटेको हो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिबद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर विसर्जन गर्न दिने भएको हो ।

सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्नेछ ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ । 

काठमाडौँ महानगरपालिकाले प्रभावित धुनिवेसी नगरपालिका–१, ३, ४ र ककनी–१, २ र ३ का प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्नुपर्नेछ भने पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने छ । 

१० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाउने कामको सुरुवात पनि गरिने सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : १७ बजे