दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लोहोरो प्रहार गरी श्रीमानको हत्या

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१४ प्रहरीले हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ स्थित कोठा भाडामा बस्दैआएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले अचार पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेकोभन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घटेको गायत्रीले प्रहरी समक्ष बयान दिएकी छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : २८ बजे