आज वर्षाको सम्भावना

मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनको धन्दा हो : ईश्वर पोखरेल

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको बताउनुभएको हो ।

अहिलेको मन्त्रिपरिषद् हेरफेरलाई धेरै विशेष किसिमले हेर्नुपर्ने जरूरी छैन। यो त्  गठबन्धनको धन्दाहरू हो र यो श्रृंखला चलिरहन्छन्। यो त्यही धन्दाको एउटा एपिसोड मात्र हो,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : १५ बजे