आज वर्षाको सम्भावना

प्रचण्ड–नेपालप्रति शाहीको आक्रोस क्षमता नभएकाहरूले अरुलाई देखाएर प्रधानमन्त्रीको वार्गेनिङ गर्दै छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान उपाअध्यक्ष पुष्पकुमार शाहीले माओवादी केन्द्र र नेकपा एकीकृत समाज वादीका अध्यक्षले आफ्नो दुनो सोझ्याउन पटक पटक कांग्रेससँग घुर्की लगाउने गरेको आरोप लगाउनुभएको छ । 

काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर नेपाली कांग्रेससँग केही व्यक्तिले प्रधानमन्त्री पदको बार्गेनिङ गर्न खोजेको शाहीको आरोप छ । उहाँले प्रचण्ड र नेपालले पटक पटक यस्ता घुर्की दिँदै आएको बताउँदै घुर्कीले कुनै फरक नपर्ने टिप्पणी गर्नुभयो।

यो उहाँहरूको पुरानै घुर्की हो । कांग्रेसले पुराना नेताहरू हुन् । ठिकै छ सहयोग गरिदिउ भनेर अप्ठ्यारोमा पर्दा साथ दिन्छ । उहाँहरूले त्यसैको फाइदा लिन खोज्छन् । जुन गलत हो, उहाँ भन्नुहुन्छ।

नेता शाहीले माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत बिर्सन नहुने बताउनुभएको छ । भर्खंरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सिट मागेकोले कांग्रेसले राम्रै नतिजा ल्याए पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको शाहीले बताउनुभयो ।

उहाँले केन्द्र र प्रदेशको चुनावमा गठबन्धन गर्न चाहनेहरूले बजारमा नानाथरी कुरा गर्नूको अर्थ नभएको बताउनुभयो । कांग्रेस जनताको पार्टी हो । वर्षौंदेखि जनताको सेवक बनेर कांग्रेसले काम गरेको छ । अहिले पनि सबै दललाई मिलाएर लगौं । सबै मिलेर गए मुलुकको विकास चाडो हुन्छ भन्ने मात्रै कांग्रेसको चाहना हो । हामीलाई बैशाखी चाहिँदैन । हामी बैशाखी बन्ने हो,उहाँले भन्नुभयो।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : ५२ बजे