मन्थली विमानस्थलमा पानी पस्यो

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार १२.८९ अंकले घटेर २०६५.८२ बिन्दुमा आएर रोकिएको छ । 

सोमबार सेयरबजारमा २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर खरीदबिक्री भएको छ । यसबाट कुल १ अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ ।

सेयरबजारमा आज ८७ कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ वटा कम्पनीहरुको सेयर मूल्य भने यथावत रहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज १० प्रतिशतले बढेको छ भने हिमालयन बैंकको सेयर मूल्य मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

सोमबार एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ४२ बजे