दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ 

खोटाङ । धकेलेर लडाउँदा गम्भीर घाइते हुनुभएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

धकेलिएर लडेपछि गम्भीर घाइते हुनुभएका वृद्धको न्युरो अस्पताल काठमाडौँमा उपचारका क्रममा आइतबार राती मृत्यु भएको हो । अभियुक्तले १९ जेठको राति आपसी विवादमा धकेलेर लडाउँदा हरिप्रसाद गम्भीर घाइते हुनुभएको थियो ।  घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ०१ बजे