दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकालाई

लमजुङ । लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो  ।

पहिलो उपाधिका साथ नगरपालिका टिमले  टिमले २६ हजार बारबरका खसी ट्रफी, मेडल र प्रमाणपत्र पाएको  छ  । प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सिडेनले आयोजना गरेको हो । प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी कुल १० टिमले भाग लिएका थिए । 

प्रतियोगिताको फाइनल खेल बेसीसहर नगरपालिकाको टिम र बैंकर्स टिम लमजुङका बीचमा भएको थियो । प्रतियोगिताको फाइनल खेलमा शून्यका विरुद्धमा १० गोल गर्दै बेसीसहर टिम पहिलो भएको हो ।  बेसीसहरले पहिलो हाफमा पाँच र दोस्रो हाफमा पाँच गोल गरी १० गोलसहित जित हासिल गरेको हो । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि विजेता टिमका ईश्वर अधिकारीले पाउनुभएको छ । प्रतियोगितामा अनुशासित टिममा पूर्वाधार विकास कार्यालय लमजुङको टिम छनोट भएको छ भने बेस्ट किपरमा सिडेन तनहुँका खेलाडी अभिशेक बरालले उपाधि पाउनुभएको छ । त्यस्तै, उत्कृष्ठ खेलाडीमा द्वितीय हुने बैंकर्स टिमका गरिमा विकास बैंक बेसीसहर शाखाका प्रमुख  सुरेश थापा हुनुहुन्छ ।
 
खेलाडी सबैलाई सिडेन कास्कीका सदस्य अनुप शेरचनले एक एक हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा अनुशासित टिमलाई बेसीसहर मोडल हस्पिटलले तीन हजार रुपैयाँ नगद पुरस्कार प्रायोजन गरेको थियो ।  

प्रतियोगितामा विजयीलाई नेपाली कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल, सिडेन नेपालका निवर्तमान उपाध्यक्ष लक्ष्मण केसी,  कांग्रेस गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरिप्रसाद बरालले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभउको थियो । 

विजेता खेलाडीलाई २६ हजार रुपैयाँ बराबरको खसी तथा दोस्रो हुने टिमलाई १७ हजार रुपैयाँ बराबरको बोका, ट्रफी तथा मेडल र प्रमाणपत्र दिइएको सिडेनका जिल्ला अध्यक्ष इन्जिनियर दिपेन्द्र रावलले बताउनुभयो । 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  २ : २६ बजे