हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

पत्रकार किशोर नेपाललाई कारबाहीको माग गर्दै उजुरी दर्ता 

काठमाडौं । पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ । 

बाराका विनय यादवले गत शनिबार २१ जेठमा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शिर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरुलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराउनुभएको हो ।  

सोमबार दर्ता भएको उजुरीमा पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जातीसुचक शब्द प्रयोग अपमान गरेको उल्लेख गरिएको छ । 

‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्युनतम मर्यादासमेत नराख्दै विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न आग्रह गर्दछु,’ यादवले आफ्नो उजुरीमा उल्लेख गर्नुभएको छ ।  

नेपालको आज जन्म दिन समेत परेको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  २ : ०३ बजे