आज वर्षाको सम्भावना

भीम रावलको माधव नेपाललाई कटाक्षः कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिए

​​​​​​​काठमाडाैँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति निर्वस्त मैदानमा देखिएको भन्दै कटाक्ष गर्नुभएको छ ।

सामाजिक संजाल ट्वीटर मार्फत नेता रावलले एकीकृत समाजवादीलाई लक्षित गर्दै आइतबार चार मन्त्रीलाई फिर्ता बोलाएको विषयमा ट्वीट मार्फत टिप्पणी गर्दै कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिएको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ , ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १ : २१ बजे