मन्थली विमानस्थलमा पानी पस्यो

करोडौँ रुपैयाँ डुब्यो भन्दै सेयर लगानीकर्ताहरु आन्दोलित

काठमाडाैँ । सेयर लगानीकर्ताहरुले करोडौँ रुपैयाँ डुब्यो भन्दै कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन्।

सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्ड अगाडी आज प्रदर्शन गर्ने तयारी गरेका हुन् । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले कालोपट्टीसहित प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुंदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरेका छन । सो अनशन अघि लगानीकर्ताहरुले आन्दोलनका शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते शनिबार लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग् छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ५२ बजे