एमालेको सचिवालय बैठक सुरु

सार्वजनिक शौचालयको छुट्टै चिन्ह तयार

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको महानगरपालिकाले जनाएको छ ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिसकेको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ०० बजे