काठमाडौं । आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ ।
नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो ।
प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ११ : ४८ बजे
प्रतिक्रिया