एमालेको सचिवालय बैठक सुरु

कास्कीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु 

कास्की । कास्कीको पोखरा महानगरपालिका–२७ अर्घोचोकमा आइतबार बेलुका बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने ईमराज लामिछाने रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती सवा ९ः०० बजे मृत्यु भएको हो । 

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले आइतबार बेलुकी पौने ९ः०० बजे पैदल यात्री लामिछानेलाई ठक्कर दिएको थियो ।  बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ११ : १० बजे