देशका १२ जिल्लाको नदीनालामा बहाव बढ्न सक्ने सम्भावना

काठमाडौँ । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ । 

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : २८ बजे