एमालेको सचिवालय बैठक सुरु

सुरक्षित विद्युतिकरणको कुरा गर्ने कुलमानकै गाउँमा भुइँभुइँमा बिजुलीका नाङ्गा तार

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई धेरैले उज्यालो नेपालका हिरो भन्छन् । नेपालको विद्युतीय प्रणालीमा सुधार गरी कुलमानले लोडसेडिङ हटाएको भन्दै उहाँको प्रशंसा गर्ने धेरै छन् ।

कुलमान घिसिङको घर रामेछापको सेनापति गाउँपालिका–४ डहु बेथान हो । कुलमान अहिले पनि गाउँमा नियमित आउजाउ गर्ने गर्नुहुन्छ । उहाँका आफन्तहरू गाउँमा नै हुनुहुन्छ । गाउँका धेरै सार्वजनिक कार्यक्रममा कुलमान पुग्नुहुन्छ ।

नेपालको विद्युतको हिरो भनेर धेरैले पुकार्ने कुलमानको गाउँको विद्युतीकरणको अवस्था हेर्दा भने भन्न कर नै लाग्छ ‘बत्ती मुनि उज्यालो ।’ सुरक्षित विद्युतिकरणको कुरा गर्ने कुलमानको आफ्नै गाउँ सुनापतिको बेथानमा भुइँभुइँमा बिजुलीका नाङ्गा तार टाँगिएका छन् ।

किसानका बारीमा टाँगिएका त्यस्ता तारले घाँसका रुखमा छोएका मात्र छैनन् उभिँदा मानिसको टाउको नै छुने गरी विद्युतका तार झुण्डिएका छन् । सेनापति गाउँपालिका–४ बेथान स्थिति साबिकको बेथाना गाविस–२ मा रहेको आफ्नो जग्गामा हातले सजिलै भेट्ने गरी विद्युतका नाङ्गा तार झुण्डिएको स्थानीय जिवन खत्रीले जानकारी दिनुभयो । ‘कुलमान घिसिङकै गाउँमा यस्तो लापरबाही छ, यस्तो लापरबाहीले गर्दा मानवीय क्षति भएमा जिम्मेवारी को ?’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ५ : ०५ बजे