एमालेको सचिवालय बैठक सुरु

जनकपुरबाट भैरहवा जाँदै गरेको बस रोहिणी खोलामा दुर्घटना : ९ जनाको मृत्यु, २३ जना घाइते

रुपन्देही​​​​​​​  । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । 

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आज बिहान करिब साढे ४ बजे रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिनुभयो । उहाँले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउने काम भएको बताउनुभयो ।

बिहानको समयमा चालक निदाएको हुन सक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ७ : ४९ बजे