आज वर्षाको सम्भावना

निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भयो : लोसपा

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको बन्दै छलफल सुरु भएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले राज्यशक्तिको दुरुपयोग भएकाले आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । राज्यशक्तिको दुरुपयोगकै कारण आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको विश्लेषण थियो ।

पहिलो दिनको बैठकमा अध्यक्ष ठाकुरले संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा नेताहरूको धारणा मागेका छन् । बैठक आइतबार पनि जारी रहने छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ८ : ५२ बजे