आज वर्षाको सम्भावना

कटारी नगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाइ बहुमत

कटारी – कटारी नगरपालिकामा आठ जना कार्यापालिका सदस्यका लागि आज भएको निर्वाचिनमा ८ जना नै एमालेका उमेद्वार विजयी भएका छन् । यो सँगै कटारी नगरपालिकाको कार्यपालिकामा एमालेले दुई तिहाइ बहुमत पुराएको छ ।

निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार आज सम्पन्न निर्वाचनमा नगर कार्यपालिका महिला सदस्यमा निर्वाचित हुनेहरुमा एमालेका देवी कुमारी घिमिरे, भगवती अधिकारी, सम्झना मुरी मगर, गिताकुमारी गिरी र मेलिना श्रेष्ठ रहेका छन् ।

त्यसैगरी नगर कार्यापालिका दलित वा अल्पसंख्यक सदस्यमा निर्वाचित हुनेहरुमा एमालेका मञ्जुकुमारी राई दनुवार, हेमकुमारी विश्वकर्मा र जितेन्द्र बराईली रहेका छन् ।

नगर कार्यपालिका कटारीमा प्रमुख, उपप्रमुख, १४ जना वडाध्यक्ष र ८ निर्वाचित सदस्य गरी २४ जना रहने छन् । जसमा आज निर्वाचित सहित एमालेबाट १६ जना सदस्य पुगेका छन् । यो नगरकार्यपालिकामा बहुमत संख्या हो ।

नगरप्रमुख गुमाएको एमालेले कटारीमा उपप्रमुखमा गिता खड्कासहित ७ जना वडाध्यक्ष जिताएको छ । ८ निर्वाचित सदस्य, ७ वडाध्यक्ष र १ उपप्रमुखसहित कटारीको कार्यपालिकामा एमालेले बहुमत पुराउँदा, काँग्रेसबाट प्रमुख राजेशचन्द्र श्रेष्ठ, ३ वडाध्यक्ष गरी ४ जना रहेका छन् भने माओवादी केन्द्र र एकिकृत समाजवादीबाट एक एक वडाध्यक्ष रहेका छन् । त्यस्तै दुईजना स्वतन्त्र वडाध्यक्ष कार्यपालिकामा छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ५ : ४५ बजे