आज वर्षाको सम्भावना

गठबन्धनले नेपालको विकासका कुनै योगदान गर्न सक्दैन : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले नेपालको विकासका कुनै योगदान गर्न नसक्ने बताउनुभएको छ । एमालेसँग एक्लै भिड्ने सामथ्र्य नभएर गठबन्धन गरेको उल्लेख गर्दै पोखरेलले राष्ट्र निर्माणको शक्ति एमाले मात्र भएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यलयमा आज नवगठित केन्द्रीय सहकारी विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनको परिणमबाट एमालेका नेता कार्यकर्ताले बिचलित हुनु नपर्ने बताउनुभयो ।

पोखरेलले सहकारीहरुलाई गरिवी निवारणको प्रमुख माध्यम बनाउनु पर्नेमा जोड दिनुभयो । एमालेका नेता कार्यकर्ताले सञ्चालन गरेका सहकारीको अनुशरण अन्य सहकारीहरुले गर्न लायक हुनुपर्ने पोखरेलको भनाइ छ ।

बैठकमा सहकारी विभागका सदस्यहरुको सपथ ग्रहण र भावी कार्ययोजना बारेमा छलफल भएको विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ५ : १६ बजे