साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने बताउनुभएको छ । 
साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताउनुभयो । 

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भन्नुभयो,‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ,  फुटपाथ जस्तै वार लगाइएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको  स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ ।  सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

उहाँले  हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १ : ५० बजे