एमालेको सचिवालय बैठक सुरु

सानुसरे पहाड पुग्यो जहाज दुर्घटना जाँच आयोगको टोली

काठमाडौं । केही दिन अघि दुर्घटनामा परेको तारा एयरको जहाजका विषयमा छानबिन गर्न बनेको दुर्घटना जाँच आयोगको टोली शनिबार घटनास्थल पुगेर फर्किएको छ ।

बिहान दुर्घटना स्थल थासाङ गाउँपालिका २ को मानापाथी हिमालको फेदस्थित सानुसरे पहाड पुगेर उक्त टोली फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

सो टोलीले तारा एअर जहाज दुर्घटना स्थलको अवलोकन, अनुसन्धान र दुर्घटना सम्बन्धी तथ्यहरू संकलन गरेको प्रजिअ शर्माले बताउनुभयो ।

जहाज दुर्घटनाको सत्यतथ्य छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सोमबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिसचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्ययीय जहाज दुर्घटना छानविन समिति गठन गरेको थियो ।

छानविन समितिमा क्याप्टेन दिपुराज ज्वाहारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १ : २८ बजे