एमालेको सचिवालय बैठक सुरु

खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा एक बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । 

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १२ : २९ बजे