काठमाडौँ महानगरपालिकाका मेयर साहले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) खुमलटार पुग्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन आज बिहान खुमलटार पुग्नुभएको हो । 

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यसअघि, बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको थियो 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : १९ बजे