सुनको मूल्यमा नयाँ कीर्तिमान

आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्दै रत्ननगर अस्पताल

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा  सञ्चालन गर्ने भएको छ । 

लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन् धेरै चाप पर्यो ।”

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । 

यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ । सूचनामा अस्पतालको शुक्रवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ९ : ५६ बजे