काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ ।
ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो । पुलचोकबाट तान्न सुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको थियो।
गृह मन्त्रालयले जात्राका अवसरमा देशभर आज सार्वजनिक बिदा दिएको छ । मर्यादित रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाउन गृह मन्त्रालय अनुरोध समेत गरेको छ ।
रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रूपमा रहेको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार ७ : ५९ बजे
प्रतिक्रिया