एमालेको सचिवालय बैठक सुरु

कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी जिससको चुनाव नसकिँदासम्म जनप्रतिनिधिलाई लक्षित गरी कुनै कार्यक्रम नराख्न पनि आग्रह गरेको छ ।

हरेक जिल्लामा रहने जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । जिससको निर्वाचन कार्यक्रम सुरु भएपछि बीचमा रोक्न नमिल्ने भन्दै आयोगले जिसस निर्वाचन नसकिँदै जनप्रतिनिधि प्रभावित गर्ने गरी कार्यक्रम नराख्न आग्रह गरेको हो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना नगर्न-नगराउन तीनै तहका सरकार, राजनीतितक दल र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

वैशाख ३० मा भएको स्थानीय तहका निर्वाचनको परिणामपछि अहिले देशभर गाउँकार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : ४० बजे