पोखरा । जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ।
समितिको प्रमुख पदमा एमालेका लीलाधर पौडेलले ६ मत ल्याउँदै विजयी हुनुभएको हो । नेपाली कांग्रेसका दीपेन्द्र ढकालले ४ मत मात्र पाउनुभयो ।
यस्तै उप प्रमुखमा पदमा एमालेकी सरिता कुमाल ६ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी उषा थापाले ४ मत मात्र पाउनुभयो ।
सदस्यमा एमालेको तर्फबाट बालिका सुवेदी, राजु अधिकारी र हर्क बहादुर गुरुङ विजयी हुनुभयो । उहाँहरुले पनि ६ मत ल्याउँनुभएको हो ।
यता महिला सदस्यमा पनि एमालेका लक्ष्मी दमै, सीता विक र सुक माया ६–६ मत प्राप्त गरी विजयी बन्नुभयो । दलित वा अल्पसंख्यक सदस्यमा एमालेका गणेश बहादुर घर्ती जिसिले पनि ६ मत ल्याउँदै विजयी बन्नुभयो ।
प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ५ : ५६ बजे
प्रतिक्रिया