दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ

काठमाडौं – अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । 

उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो ।

उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो । 

पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।  

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : ४२ बजे