सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर सञ्चालन गर्दै

काठमाडौं – काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने भएको छ ।

महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिनु भयो ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्थासहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ ।

महानगरभित्रका सडक, ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोही अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही गर्ने ढकालले बताउनु भयो ।

टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : ०५ बजे