सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

दुर्गन्धबाट मुक्त गरिदिन आग्रह

 काठमाडौँ ।   काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनस्थल सिसडोलका जनप्रतिनिधिले आफूहरुलाई दुर्गन्धबाट मुक्त गरिदिन आग्रह गरेका छन् ।     काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल आज बिहान उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोल पुग्दा स्थानीयवासीले आफूहरु पनि मान्छे नै भएकाले फोहरका कारण पीडित बनाएर नराख्न आग्रह गरेका हुन्

आगामी दिनमा विगतमा जस्तै स्थानीयवासीको मागलाई बेवास्ता गरी अगाडि बढे थप समस्या सिर्जना हुने भन्दै ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईंले समयमै माग सम्बोधन गर्न कामपालई आग्रह गर्नुभयो ।    

मागअनुसार पीडितलाई स्वास्थ्य बीमा, शिक्षालगायतको  व्यवस्था  कामपाले गरे पनि जग्गा अधिग्रहणका लागि केन्द्र सरकारसँग सहकार्य गर्नु आवश्यक हुने पनि उहाँले सुझाव दिनुभयो ।  दीर्घकालीनरुपमा फोहर व्यवस्थापनको सवालमा राज्यले कहिल्यै पनि पहल नगरेको आरोप स्थानीयवासीले लगाएका थिए । स्थानीयवासीको समस्याका विषयमा  प्रमुख साहले बिहीबार शहरी विकास मन्त्रालयसँग पनि छलफल भएको जानकारी दिँदै मन्त्रालय र कामपाको सहकार्यमा नै फोहरको दीर्घ समाधान गरिने विश्वास दिलाउनुभयो ।   
 
तत्कालका लागि सिसडोलमा थुपारिएको फोहरको दुर्गन्ध हटाउन केमिकल प्रयोग गरिने जानकारी दिँदै उहाँले  आगामी दिनमा उपत्यकाको फोहर व्यवस्थापनकै लागि बल प्रयोग नहुने र सहकार्यमा नै काम गरिने प्रतिबद्धता जनाउनुभयो ।  स्थानीयवासीको अवरोधका कारण विगत सात दिनदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्दा  सडक छेउछाउमा थुपारिएको फोहरले दुर्गन्ध  फैलिसकेको छ । 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : ३१ बजे