आज वर्षाको सम्भावना

पेट्रोलियम ऐन र इन्धनमुक्त देश बनाउन आजैबाट पहल गरौँ : गगन थापा 

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलिय ऐन बनाउन प्रस्ताव गर्नुभएको छ । 

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले संसद चलिरहेका बेला अहिले पेट्रोलियम ऐन ल्याउन आग्रह गर्नुभएको हो । 

पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार, प्रदूषण, भन्सार, सडक मर्मतजस्ता कर घटाएर  भए पनि मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने भन्दै उहाँले पेट्रोलियम पदार्थको भण्डारणको क्षमता पनि बढाउनुपर्ने बताउनुभयो । 

साथै इन्धनको कच्चा पदार्थ ल्याएर रिफाइन गर्न सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन गर्नुपर्ने भन्दै उहाँले आजबाटै देशलाई पेट्रोलियम पदार्थमुक्त बनाउने गरी काम थाल्नुपर्ने बताउनुभयो। 
 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : १६ बजे