सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

संघीय सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने

काठमाडौं – संघीय सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो ।

मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने भएको हो । 

प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५-२६ जेठ अभिमूखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७-२८ जेठमा मिति तय भएको छ । 

त्यस्तै, बागमती र लुम्बिनीमा ३०-३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ ।  कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।
 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ९ : १५ बजे