सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं – बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : २५ बजे