डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं- नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्ययले बताउनु भयो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : १४ बजे