हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

नयाँ नियमको विरोध गर्दै यतिको सबै उडान रद्द

काठमाडौं – हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोध गर्दै आज यति एयरलाइन्सले आफ्ना सबै उडान रोकेको छ ।

भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो ।

‘इनरुट’ सम्बन्धी अन्योलकै कारण हिजो पनि काठमाडौंबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो ।

मौसम सफा भए पनि ‘इनरुट’ को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।

‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रष्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उहाँले भन्नुभयो ।

पाइलटहरुले मौसम सफा रहेको भने पनि उडानमा समस्या आएको उहाँको भनाई छ । सरोकारवाला निकायबीच आवश्यक समन्वयबिना नै यस्तो निर्णय गर्दा समस्या परेको उहाँ बताउनुहुन्छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ५० बजे