पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध किसानहरू आन्दोलित, आयल निगम घेराउ

काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुरको लुभुका किसानले आयल निगम घेराउ गरेका छन् ।

लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानहरूले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् ।

उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

‘हामी किसानहरूलाई मूल्यवृद्धिका कारण बाँच्न कठिन परिरहेको छ, राज्यले हामीलाई जहिल्यै मारमा पार्दै आइरहेको छ’, कार्यक्रममा किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले भन्नुभयो, ‘किसानसँग लड्नुको विकल्प कहिल्यै थिएन र अहिले पनि किसानलाई माथि उठ्न नदिने प्रपञ्च निरन्तर छ, श्रमजीवीले समस्या भोग्नुपर्ने तर भ्रष्टाचारी र कमिसन खोरले आरामको जीवन बाँच्ने परिस्थितिसँग हामी डटेर लड्नेछौँ ।’

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ४२ बजे