हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

औषधि किन्न गएका साहको शव इनारमा भेटियो

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका(२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव  आज बिहान इनारभित्र फेला परेको हो ।

हिजो मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताउनुभयो । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा जानुभएका उहाँ राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रमा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताउनुभयो । 

मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उहाँको भनाइ छ । 

शवलाई इनारबाहिर निकाली पोष्टमार्ट्मका लगि धरानस्थितको बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भरहेको उहाँले बताउनुभयो ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गर्नुभएको छ । उहाँले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताउनुभयो।
साह एक महिना अधिमात्रै वैदेशिक रोजगरीबाट घर आउनुभएको थियो । गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उहाँको विवाद भएको थियो । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ३ : १९ बजे