दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा कपिलवस्तुबाट समातिए ६ जना युवक

रुपन्देही । किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिकाका ६ जना युवाको समूहलाई  प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमाथि बाणगंगाबाट १५ वर्षीया किशोरीको अपहरण गरी रूपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरमा ल्याएर सामूहिक बलात्कार  गरेको आरोप छ । 
पक्राउ पर्नेमा रूपन्देहीको कञ्चन गाउँपालिका–५ का १९ वर्षीय निरज कार्की, वडा नम्बर ४ का १९ वर्षीय राहुल सिञ्जाली, सोही ठाउँका १९ वर्षीय सुलभ केसी, कञ्चन गाउँपालिका–३ का १९ वर्षकै लक्ष्मण रसाइली, १९ वर्षकै अमित कंडेल र १९ वर्षकै सौरव थापा छन् ।

स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरी लगेको सूचनाका आधारमा खोजी गर्दै जाँदा उनीहरूलाई रुपन्देहीबाट पैहरीले नियन्त्रणमा लिएको हो । किशोरी उपचारपछि घर फर्किएकी छन् । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।  

अपहणकारीले लक्ष्मण रसाइलीको घरमा लगेर युवतीको सामूहिक बलात्कार गरेको प्रहरीले अनुसन्धानबाट पुष्टि गरेको छ ।प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट अनुमति लिई शरीर बन्धक अपहरण तथा जबरजस्तीकरणी मुद्दामा अनुसन्धान गरिएको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : ४४ बजे