अर्थमन्त्रीको मनपरी : आफ्नै तजबिजले खर्च गर्न छुटाए ५७ अर्ब 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको मनपरी छताछुल्ल हुँदै गइरहेको छ । अर्थमन्त्री शर्माले बजेटमा  आफ्नो तजबिजीमा खर्च गर्न सक्ने गरी ५७ अर्ब रूपैयाँ बजेट छुट्याएका हुन् ।  बजेटमा अर्थमन्त्रालय अन्तर्गत विविध शीर्षकमा करिब १ खर्ब १२ अर्ब रूपैयाँ छुट्याइएको छ ।  

यस्तो भैपरीमा राखिएको रकम कहाँ र कसरी खर्च हुने भनेर छुट्याइएको हुँदैन। यस्तो पैसा मनलाग्दी खर्च गर्न पाइन्छ। 
बजेटमा यस्तै शीर्षक नखुल्ने गरी भुक्तानी विधिका आधारमा खर्च शीर्षकगत व्यय अनुमान सम्बन्धी अनुसूची ५ मा पनि विविध खर्चमा एक अर्ब ६० करोड रूपैयाँ छुट्याइएको छ । यो विविध खर्चको रकम पनि आवश्यकता अनुसार सरकारले विभिन्न क्षेत्रमा रकमान्तर गरी खर्च गर्न सक्छ  । बजेटमा यसरी शीर्षक खुलेर नआउने रकमको खर्चलाई अपारदर्शी मानिन्छ ।
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : २२ बजे