आज वर्षाको सम्भावना

बजेट कार्यान्वयनमा शंका : ईस्तियाक राई 

काठमाडौं । जनता समाजवादीका सांसद् मोहम्मद ईस्तियाक राईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९,०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले बजेटको स्रोत सुनिश्चित नभएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको हो । 

साथै कुनै समूह र व्यक्तिलाई पोस्न गरी बजेट ल्याइएको हो कि भन्ने शंका लागेकाले यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने उहाँको माग छ । 
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : १८ बजे