आज वर्षाको सम्भावना

आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएको छ : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको र पूरा हुन नसक्ने बताउनुभएको छ । 

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै अधिकारीले यस्तो बताउनुभएको हो । 

२० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ? स्पष्ट नभएको बताउँदै उहाँले यो देखावटीका लागि गरिएको दाबी गर्नुभयो । 

‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भन्नुुभयो। बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उहाँको भनाइ छ ।

उहाँले अहिले सेयर बजार राताम्मे भएको बताए । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उहाँले बताउनुभयो। शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । 
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : ०१ बजे